Logo

बदेललाई थापेको विद्युतीय धरापमा परि अर्घाखाँचीमा एक जनाको ज्यान गयो !



Spread the love

२२ साउन, अर्घाखाँची । अर्घाखाँचीमा विद्युतीय धरापमा परेर एक जनाको ज्यान गएको छ ।

करेन्ट लागेर ७२ वर्षिय वृद्धको ...
प्रतीकात्मक तस्बिर

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर पाँचका ५० वर्षीय तुल्सिराम पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आफ्नै घर छेउको बारिमा बदेललाई थापेको विद्युतीय धरापमा परेर बिहीबार बिहान उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए ।

बदेल सँगै अन्य वन्यजन्तुको लागी बारिमा नांँगो तार बिछ्याइएको र सोही ता मा स्वयंम पाण्डे परेको अनुसन्धानको क्रममा खुलेको छ । पाण्डेको जिल्ला अस्पतालमा उपचार गर्न ल्याउने क्रममा बाटोमा ज्यान गएको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्