Logo

अमेरिकी राष्ट्रपतिले गरे टिकटकसँगै वीच्याट बन्द गर्ने आदेशमा हस्ताक्षर



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वी च्याट बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बिहीबार ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी नीति निर्माताले विदेशीको स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने बताउँदै आएका छन् ।यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ ।

यसअघि ट्रम्पले टिकटक अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्