Logo

कोरोना विशेषज्ञ डा. एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की



Spread the love

एजेन्सी। अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफुमाथि ज्यानमार्ने धम्की आएको बताएका छन् । कोरोनाभाइरस संक्रमणसँग लड्न अमेरिकाले गरेका प्रयासबारे सार्वजनिक अभिब्यक्ति दिएकाले आफुमाथि धम्की आएको उनको भनाइ रहेकाे छ ।

ह्वाइट हाउस कोरोना टास्क फोर्सका सदस्यसमेत रहेका फाउचीले सोही कारण आफ्ना छोरीहरुलाई समेत दुःख दिने गरिएको बताएका छन् ।

तर उनले आफुलाई धम्की दिने को थिए भनेर खुलाएका भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्