Logo

‘प्याडम्यान’को ट्रेलर सार्वजनिक (भिडियो)



Spread the love

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’को ट्रेलर सार्वजनिक भएको छ । महिलामा हुने पीरीयडको समस्या देखाइएको उक्त चलचित्रमा अक्षय समाजसेबकको रुपमा देखिएका छन् lचलचित्र  पद्म अवार्ड प्राप्त अरुणाचलम मुरुगनाथमको जीवनीमा आधारित रहेको छ ।  चलचित्रमा अक्षय सामाजिक कार्यकर्ताको भुमिकामा देखिनेछन् ।चलचित्रको ट्रेलरमा अक्षय कुमारले महिलाका लागि सेनेटरी न्यापकिन बनाउने मेशिनको आविष्कार गरेर ग्रामिण इलाकामा जागरुकता फैलाउनका लागि गरिएको संघर्ष देखाइएको छ ।आर बाल्कीले निर्देशन गरेको यो चलचित्रलाई होप प्रोडक्सनले निर्माण गरेको हो ।अक्षयसँगै ट्रेलरमा अभिनेत्री सोनम कपुर, राधीका आप्ते सहित अन्य कलाकारहरूको मुख्य भूमिका रहेको छ l सामाजिक घटनामा आधारित चलचित्र ‘प्याडम्यान’ जनावरी २६ तारिकमा रीपब्लीकको दिन रिलिज हुनेछ ।फिल्मलाई अक्षयकी श्रीमती ट्विंकल खन्नाले निर्माण गरेकी हुन् ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/-K9ujx8vO_A

प्रतिक्रिया दिनुहोस्