Logo

सुशान्त आत्महत्या प्रकरण – सिबिआईद्वारा रिया चक्रवर्तीसहित ६ जनाविरूद्ध एफआईआर दर्ता



Spread the love

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा मुम्बई प्रहरी र बिहार प्रहरीबीचको रस्साकस्सीले अर्को बाटो समातेको छ। पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको हो।

बिहीबार साँझ सिबिआईले सिंहकी प्रेमिका रिया चक्रवर्ती, उनका बाबुसहित ६ जना विरूद्ध एफआईआर दर्ता गरेपछि घटना नयाँ तहमा पुगेको हो।जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ जना म्यानेजर छन् ।

उनीहरुविरुद्ध सीबीआइले आत्महत्या, अपराधिक षड्यन्त्र, चोरी, धोका, धम्की, गलत सम्बन्धको कारण देखाउँदै एफआइआर दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्