Logo

शारीरिक र मानसिक स्वास्थ्यका लागि कस्तो खाना खाने ?



Spread the love

एजेन्सी। स्वस्थ रहनका लागि बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खान आवश्यक छ। शरीरिक र मानसिक रुपमा नै स्वस्थ हुन कस्तो खाना खाने?


उमारेको गेडागुडी
स्वस्थ रहनको लागि घरमै भिजाएर उमारेको गेडागुडी, गहुँको परिकार, चोकर, बिज भएको खानेकुरा धेरै खानुपर्छ । किनकी यसमा फाइबरको मात्रा धेरै हुने भएकाले पेटलाई सधैँ स्वस्थ रहन, कोलेस्ट्रोल कम गराउन र शरीरमा अनावश्यक बोसो उत्पादन हुनबाट बचाउँछ ।


रंगीन सागसब्जी
जुन फलफूलको रङ गाढा हुन्छ त्यसमा एन्टिअक्सिडेन्ट्स र पोषक तत्वको मात्रा पनि बढी हुन्छ । त्यसले हरेक दिन खानामा ३ प्रकारका फलफूल र सागसब्जी सामेल गर्नुपर्छ । यसले तपाईंको शरीरमा लाग्न सक्ने सयौँ रोगहरुबाट बचाउँछ ।


पर्याप्त पानी
पानी शरीरको लागि अत्यावश्यक पदार्थ हो । पर्याप्त मात्रामा पानी पिउँदा छालामा चमक बढ्ने, शरीरमा मेटाबोलिज्म तीव्र हुने, शरीरमा शक्ति कायम रहन मद्दत गर्छ ।


चिनी कम खाने
जुनसुकै गुलियो पदार्थमा पनि चिनीमो मात्रा हुने गर्छ । जुनसुकै बनाइएको खानामा चिनीको मात्रा अत्यधिक हुन्छ । त्यसैले, यसको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्