Logo

फिल्म ‘कृ’को ट्रेलरले युट्युवमा तहल्का,हेर्नुहोस् रेकर्डहरु



Spread the love

शुक्रबार साँझ ६ बजे रिलिज फिल्म ‘कृ’को ट्रेलरले युट्युवमा तहल्का मच्चाएको छ । ट्रेलर केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । यो समाचार तयार पार्दासम्म करिब ६ लाख ७५ हजार बढी पटक हेरिएको छ ।जस्ले युट्युब सार्बजनिकको ३ घण्टा नबित्दै १ लाख बढी पटक हेरिएर रेकर्ड कायम गर्दै हालसम्म युट्युबबाट सार्बजनिक सम्पुर्ण नेपाली फिल्मी ट्रेलरहरुको रेकर्ड तोडेको छ । ट्रेलर  २४ घण्टा नबित्दै युट्युब नेपाल ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । यसअघि ‘छक्का पञ्जा २’ को ट्रेलरलाई २४ घण्टासम्म ४ लाख ८५ हजार पटक हेरिएको थियो भने ‘ए मेरो हजुर २’ को ट्रेलर ५ लाख पटक हेरिएको थियो । ‘कृ’ ट्रेलरलाई युट्युवमा २९ हजार बढिले लाइक गरेका छन् भने ६ हजार ५ सय बढी कमेन्ट व्यक्त छन् ।हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक उक्त ट्रेलरलाई यो समाचार तयार पार्दा सम्म ६ लाख ७५ हजार बढी पटक हेरिएको छ । फरक गेटअप सहित पहिलो पटक एक्सन अवतारमा देखिएका अनमोल सहित अदिती बुढाथोकी र अनुप बिक्रम शाही मुख्य भुमिकामा छन् ।

अनमोलको क्रेज फिल्मको ट्रेलरले बनाएको किर्तिमानी रेकर्डले नै प्रष्ट पार्छ । यो फिल्म माघ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र एङ्ग्री अवतारलाई खुब रुचाएका छन् । ‘कृ’को अर्थ रिभेन्ज हुन्छ ।

https://youtu.be/aRoObj9rnn0

यसअघि अभिनयमा कमजोर भन्दै आएकाहरुले पनि यो पटक अनमोलको काममा धेरै आशा व्यक्त गरेका छन् । फिल्मलाइ ‘मस्ट अवेटेड’ लेखेका छन् । यस्तै डेब्यू गर्ल अदिती बुढाथोकीलाई पनि संभावना वान अभिनेत्रीको ट्याग दिएका छन् ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । ‘कृ’को अर्थ रिभेन्ज हुन्छ ।
सिक्स प्याकमा अनमोलको एक्सन (भिडियो)

प्रतिक्रिया दिनुहोस्