Logo

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



Spread the love

एजेन्सी। बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३- १ ले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-१ को जित हात पारेको हो ।

१० औँ मिनेटमा लेङ्गलेटको गोलबाट बार्सिलोनाले सुरुवाति अग्रता लियो । २३ औँ मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर पारे । लुइस स्वारेजले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा गोल गरी टिमको अग्रता ३–० बनाएका हुन् । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा नापोलीले पेनाल्टी पायो । त्यसमा इन्सिग्नेले गोल गरेका हुन् ।

पाँच पटकको च्याम्पियन बार्सिलोनाले अब क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामाना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्