Logo

बार्यनसँग चेल्सीको लज्जास्पद हार



Spread the love

एजेन्सी। बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई ४-१ ले पराजित गर्दै बायर्नले समग्रमा ७-१ को जित हात पारेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा १०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत् गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । २८औं मिनेटमा परेसिकले बायर्नको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा टम अब्राहमले गोल गर्दै चेल्सीको गोलअन्तर कम गरेको थिए । टोलिसोले ७६औं मिनेटमा गोल गर्दै बायर्नलाई ३-१ को अग्रता दिलाए । ८४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले ४-१ को जित हात पारेको हो ।

बार्यनले अब क्वाटरफाइनलमा पाँच पटकको युरोपियन च्याम्पियन स्पेनिस फुटबल महारथी बार्सिलोनासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्