Logo

देश छाडेका स्पेनका पूर्व राजा अबुदाबीमा



Spread the love

एजेन्सी । स्पेनका पूर्व राजा जुआन कार्लोस अबुदाबीमा देखिएको खुुलासा भएको छ । केही दिनअघि उनी भ्रष्टाचारको अनुसन्धानको क्रममा स्पेन छाडेर गएका थिए ।

स्पेनिश मिडिया ग्रुप एनआईयूएसले एक तस्बिर जारी गर्दै पूर्व राजा अबुदाबी पुगेको जानकारी दिएको छ ।

अब जुआन कार्लोसले अबुदाबीको एक पाँचतारे होटल एमिरेट्स प्यालेसको एउटा पूरा फ्ल्याट बुक गरेको खबरमा उल्लेख छ ।

यद्यपि, अहिलेसम्म उनको लोकेशनको पुष्टि भने गर्न सकिएको छैन । यस्तै स्पेनका शाही परिवार र सरकारले यसबारे केही टिप्पणी दिन अस्विकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्