Logo

कोरोना संक्रमित राखिएको होटलमा आगलागी हुदाँ सातको मृत्यु



Spread the love

एजेन्सी । भारतको आन्ध्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस नामको होटलमाा अगलागी भएको छ । कोभिड संक्रमितहरुलाई राख्नका लागि एक नीजि अस्पतालले यो होटलको प्रयोग केयर सेन्टरको रुपमा गर्दै आएको थियो ।

दुर्घटनामा हालसम्म सातजनाको मृत्यु भएको विजयवाडा प्रहरीले जानकारी दिएको छ। आगलागीका बेला होटलमा करिब ५० जना रहेको बताइएको छ ।

आगोबाट बच्नका लागि चारजना अस्पताल भवनबाट हाम फालेको बताइएको छ । यद्यपि, यी चारजनाको अहिलेसम्म पनि जानकारी पाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्