Logo

हेमन्त शर्माले गराए दुर्गेश–प्रियंकाको बिहे (हेर्नुहोस् भिडियो)



Spread the love

निकै लामो समयदेखि नेपाली सुगम संगीतमा योगदान दिदै सुमधुर साङितिक कोशेलीहरु पस्किरहेका गायक हेमन्त शर्माले फेरि अर्को गीतको भिडियो सार्बजनिक गरेका छन् । लोकलयमा रहेको उक्त गीतको भिडियोलाई एक गाउमा गाउले समुदाय बिच खुबै मस्तका साथ निर्माण गरिएको छ ।म्युजीक भिडियोका चर्चित मोडल दुर्गेश र प्रियंका विवाह पोशाकमा भएको एक तस्बिर कतिपय दर्शकका लागी रियल त होइन भन्ने प्रश्न खडाभएको छ । तर यो वास्तिविक नभई एक म्युजीक भिडियोकै लागी खिचिएको दृश्य हो जसमा दुर्गेश र प्रियंका विवाह सेटमा छन् । गायक हेमन्त शर्माको नयाँ गीतमा उनीहरु श्रीमान श्रीमती बनेका हुन् ।‘डम डम डम बज्यो’ बोलको उक्त गीतमा स्वर, शब्द तथा संगीत गायक हेमन्त शर्माको नै रहेको छ ।गीतको भिडियोमा दुर्गेश र प्रियंकाको छुट्टै किसीमको अभिनय देख्न सकिन्छ  ।गीतमा गायक शर्माकै शब्द तथा संगीत सुन्न सकिन्छ । श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन् ।

बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन् ।भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन् । भिडियोमा शिव बिकको कोरियोग्राफी छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।यो भिडियोलाई गायक शर्माले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/sAzDjU4tJ0I

प्रतिक्रिया दिनुहोस्