Logo

पूर्व जनमुक्ति सेना संघ दाङ जिल्ला कमिटी गठन



Spread the love

२५ साउन, दाङ । पूर्व जनमुक्ति सेना संघ नेपालको दाङ जिल्ला आयोजक कमिटी गठन गरिएको छ ।

दाङको वेलझण्डीमा पूर्व जनमुक्ति सेना संघ नेपालका तत्कालीन कमान्डरसहित सदस्यहरूको सहभागितामा शनिवार कमिटी गठन गरेको केन्द्रीय उपाध्यक्ष भीम बहादुर केसीले बताएका छन् ।

उक्त जिल्ला भेलाले लाल बहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला आयोजक कमिटी गठन गरेको छ । पूर्व जनमुक्ति सेना संघ नेपालका केन्द्रीय उपाध्यक्ष भीम बहादुर केसीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा केसीले समाज परिवर्तन गर्नका लागि पूर्व जनमुक्ति सेना संघ नेपाल हजारौँ बलिदान, त्याग, तपस्या, रगत र पसिना बगाउँदै आएको आम जनमानसमा जीवितै रहेको र दशौँ वर्ष अरूको लागि लडियो, अब आफ्नो लागि लड्छौँ भन्ने मूल नाराका साथ अब पूर्व जनमुक्ति सेना संघ एकजुट हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्