Logo

३० जना प्रहरीसहित थप ४८ जनालाई कोरोना संक्रमण



Spread the love

२५ साउन, नेपालगञ्ज । आज आइतबार बाँकेमा एकैपटक ३० जना प्रहरीसहित ४८जनालाई कोरोना संक्रमण देखिएको छ।

कोरोना पुष्टि भएका मध्य सबै नेपालगञ्ज वडा प्रहरी कार्यालयका हुन्। वडा प्रहरी कार्यालयका २९ जना र एकजना बागेश्वरी मन्दिरमा ड्यूटीमा रहेका प्रहरीलाई कोरोना भएको बाँके प्रहरीले जनाएको छ।

केही दिनअघि वडा प्रहरी कार्यालयबाट ४७ जना प्रहरीको स्वाव लिइएको थियो। त्यसअघि नै वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भएपछि कार्यालय सील गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्