Logo

गुल्मीमा २९५ जना एचआईभी संक्रमित, २० जना १४ वर्ष मुनिका बालबालिका



Spread the love

२५ साउन, गुल्मी – प्रदेश पाँचको पहाडी जिल्ला गुल्मीमा अहिलेसम्म २९५ जनामा एचआईभी एड्स देखिएको छ । जिल्लाजन स्वास्थ्य कार्यालय गुल्मीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म १४ वर्ष मुनिका २० जना बालबालिका सहित २९५ जनामा एचआईभी पुष्टि भएको उल्लेख गरिएको छ ।

हाल जिल्ला अस्पताल गुल्मीबाट छिमेकी जिल्ला अर्घाखाँचीका दश जना सहित १ सय ६८ जनाले औषधि उपचार लिइरहेको अस्पतालका एचआईभी एड्स शाखाका प्रमुख पुस्कर घिमिरेले सल्लेरी खबरलाई बताए ।


जिल्लामा संक्रमित मध्ये पुरुषको भन्दा महिलाको संख्या बढी रहेको छ । ९१ जना महिला रहेका छन् भने ५७ जना पुरुष रहेका छन । त्यस्तै, २० जना बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन् ।

२ सय ९५ जना संक्रमित मध्ये २२ जनाको मृत्यु भएको छ भने ३६ जनाले गुल्मीबाट सेवा सुविधा लिन छाडेका छन् । त्यस्तै ३४ जनाले हाल गुल्मी अस्पताल बाट उपचार लिन छाडेका छन भने एक जनाको स्वास्थ्यमा असर परेका कारण औषधि नलिएको गुल्मी अस्पतालले उल्लेख गरेको छ । ।

कुन स्थानीय तहमा कति संक्रमित


२९५ जना एचआईभी एडस संक्रमित मध्ये जिल्लाको सत्यवती गाउँपालिकामा सबैभन्दा धेरै ५२ जना संक्रमित रहेका छन् । कालीगण्डकी गाउँपालिका सबै भन्दा थोरै एक जना रहेका छन् ।

त्यस्तै, मुसिकोट नगरपालिकामा ३६ , रेसुङ्गा नगपालिकामा ३१ जना संक्रमित रहेका छन् । गुल्मीदरबार गाउँपालिकामा १६, छत्रकोट गाउँपालिकामा ४१, मदाने गाउँपालिकामा १२, रुरु क्षेत्र गाउँपालिकामा ३४, चन्द्रकोट गाउँपालिकामा १८, इस्मा गाउँपालिकामा १५, मालिका गाउँपालिकामा १४ र धुर्कोट गाउँपालिकामा २५ जना गरि २ सय ९५ जनामा एचआईभी एड्स पुष्टि भएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्