Logo

लगातार अकासिएको सुनको मुल्यमा आज पनि गिरावट



Spread the love

२६ साउन, काठमाडौं । पछिल्लो समय निरन्तर अकासिएको सुनको भाउ पछिल्लो २ दिन भने घट्दै गइरहेको छ ।

सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आइतबार भने प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्