Logo

म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा



Spread the love

एजेन्सी । म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कोपनहेगनलाई १-० ले हराउँदै म्यान्चेस्टर अन्तिम चारमा पुगेको हो ।

निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।युनाइटेडले ९५ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरे ।

म्यान्चेस्टरले सेमिफाइनलमा प्रिमियर लिगको प्रतिद्धन्दी क्लब वल्भ्ससंग प्रतिस्पर्धा गर्नैछ।

त्यस्तै अर्को खेलमा, जर्मन क्लब बायर लिभरकुसेनलाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले लिभरकुसेनलाई २-१ ले हरायो ।

इन्टरले अब फाइनल प्रवेशका लागि शाख्तर डोनेस्क र बासेलबीचको विजेतासँग अगष्ट १७ मा प्रतिस्पर्धा गर्नेछ। डोनेस्क र बासेलले आज राती प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्