Logo

ट्रम्पले पत्रकार सम्मेलन गरिरहेका बेला ह्वाइट हाउस बाहिर गोली चल्यो



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहेको बेला गोली चलेको हो ।

गोली चलेपछि ट्रम्पले गरिरहेको पत्रकार सम्मेलन केही समय प्रभावित समेत भएको छ ।

झण्डै नौ मिनेटपछि पुन पत्रकार सम्मेलन स्थलमा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्दुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्