Logo

बेरुतमा भएको शक्तिशाली विष्फोटपछि ढल्यो लेबनानको सरकार



Spread the love

एजेन्सी। बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेबनानको सरकार ढलेको छ । टेलिभिजन सम्बोधन मार्फत प्रधानमन्त्री हसन डिएबले सरकार भंग गरेको घोषणा गरेका हुन् ।

बेरुतमा भएको शक्तिशाली विष्फोटपछि सरकारको आलोचना भैरहेको समयमा मन्त्रीपरिषदका सबैले राजीनामा दिएका हुन् ।

उक्त विष्फोटमा २ सय २० जनाको मृत्यु भएको थियो भने अझै १ सय १० जना बेपत्ता छन् । ६ हजार मानिस घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्