Logo

श्रीकृष्ण अष्टमी – भगवान श्रीकृष्णका रोचक पक्षहरु



Spread the love

हिन्दू धर्ममा भगवानहरु मध्य कसैको अवतारको बारेमा सबैभन्दा धेरै चर्चा हुन्छ त कृष्णको । श्रीकृष्णको पाँच हजार वर्ष पहिले द्वापर युगमा भएको अवतार र त्यसको चर्चा युगौँदेखि अनेक प्रसंगमा चलिरहेको छ । त्यसको आधार महाभारत, श्रीमद् भागवत गीता र अन्य वेद, उपनिषद लगायतका सनातन शास्त्रहरु हुन् । जसमार्फत मानिस श्रीकृष्णको अनेकरुपमा चर्चा गरिरहेका छन् ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको शास्त्रमा उल्लेख गरिएको छ ।

भगवान श्रीकृष्णका रोचक पक्षहरु

-श्रीकृष्णको जन्म भन्दा पहिले नै कंसले उनका दाजुहरुलाई मारेका थिए । देवकीले जन्म दिएपनि यसोदाले पालन पोषण गरेकी थिइन् ।
– गोकुलमा वर्षौदेखि भगवान इन्द्रको पुजा गरेर पानी पर्ने विश्वासमा थिए । तर बलराम र कृष्णले इन्द्रको पुजाको विरोध गरेर हलो बोकेर खेतमा गए । इन्द्र रिसाएर अत्यधिक आकाशबाट पानी पारीदिए । तर कृष्णको बृद्धि र कौशलद्धार द्धारा गो–गोपिनी, गाई आदीको रक्षा गरे ।
– द्रौपदी चीरहरणको समयमा श्रीकृष्णले सारी बढाइदिएका थिए । उनले सारी बढाउनुको कारण शिशुपालको हत्या गर्दा सुर्दशन चक्रले कृष्णको औला काट्दा रगत बग्दै गर्दा द्रौपदीले औलामा सारीको टुक्रा च्यातेर बाधिदिएकी थिइन् ।
-श्री कृष्ण र बलरामको बहिनी सुभद्रा थिइन् । सुभद्रा वासुदेव र रोहिणीको छोरी हुन् ।
– श्रीकृष्णको साथमा राधाको नाम प्राय जोडिन्छ तर कुनै पनि धर्म ग्रन्थमा राधाको बारेमा बताइएको पाइदैन ।
– एकलव्य जसले द्रोणाचार्यलाई आफ्नो औला गुरु दक्षिणमा काटेर दिएका थिए । कृष्णका काकाको छोरा थिए एकलव्य ।
– कृष्णले रणभुमिमा अर्जुनलाई मात्र गीताको सार सुनाएका थिएनन् । अर्जुनको साथमा हनुमान र सन्जयले पनि गीताको सार सुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्