Logo

एशिया मूलकी कमला अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार



Spread the love

एजेन्सी । क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई मंगलबार राष्ट्रपति पदका प्रत्यासी जो बाइडेनले उपराष्ट्रपतिका रुपमा खडा गरेका छन् । अमेरिकी राष्ट्रपति पदको लागि डेमोक्रयाट उम्मेदवार जोइ विडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछन्।

आफुले चुनाव जितेमा ह्यारिसलाई उपराष्ट्रपति बनाउने घोषणा उनले गरेका हुन् । राष्ट्रपति पदको निर्वाचन नोभेम्बर ३ का लागि निर्धारण गरिएको छ ।

भारतबाट जमैका हुँदै अमेरिकी नागरिक भएकी कमला हयारिसले रिपलब्लीकनबाट उपराष्ट्रपति पदका उम्मेदवार माइक पेन्ससँग साल्ट लेकमा अक्टोबर सातमा बहस गर्नैछिन्।

उनी चेन्नईकी भारतीय आमा श्यामला गोपालन ह्यारिस र युनिभर्सिटीका प्रोफेसर जमैकाका बुबा डोनाल्ड ह्यारिसकी छोरी हुन्। ह्यारिस र उनको कान्छी बहिनी माया ह्यारिस सानै छँदा आमाबाबुहरू अलगका थिए।

प्रतिक्रिया दिनुहोस्