Logo

विश्वकप र एसियन कपका छनोट प्रतियोगिताका खेलहरु पुन : स्थगित



Spread the love

२८ साउन, काठमाडौं । फिफा विश्वकप २०२२ को एशियाली छनोट प्रतियोगिताको मिति फेरी सरेको छ। कोरोनाका कारण एशियाली फुटलब महासंघले फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताको मिति २०२१ सम्मका लागि सारिएको जनाएको छ।

कोरोनाकै कारण यसअघि स्थगित भएका खेलका लागि अक्टोबर नोभेम्बरका लागि तय गरिएको थियो।

नेपालले भदौ १ गतेबाट विश्वकप छनोटको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेपछि खेलाडीहरु क्वारेन्टिनमा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्