Logo

एकै नगरपालिका २० जनामा कोरोना संक्रमण



Spread the love

३० साउन, काठमाडौँ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा २० जना तनहुँका छन् ।

भानु नगरपालिका १ का २० जनामा संक्रमण देखिएको हो । संक्रमितहरु भानु एक भन्सारका वर्कसप, मासु व्यवसायी र स्थानीय व्यक्ति रहेका छन् । गत सोमबार दुई जनाको रिपोर्ट पोजिटिभ आएपछि कन्टयाक ट्रेसिङमार्फत एक सय बाइस जनाको स्वाब संकलन गरेकोमा उनीहरुमा संक्रमण देखिएको हो । अझै अठतिस जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्