Logo

दुई जिल्लामा एकै चोटी ४७ जनामा कोरोना संक्रमण थपिए !



Spread the love

३२ साउन, वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण भएका छन। दिनप्रति दिन पर्सा कोरोना संक्रमणबाट उच्च जोखिममा रहेको छ ।

गत महिलामा सामान्य रहेको जिल्ला केहि दिन यता कोरोना सक्रमण निकै बढ्दो क्रममा रहेको छ । आज बिहानमात्र नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२, पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्