Logo

कोरोना कहर विदेशमा – ५९ हजार भन्दा बढि नेपालीमा कोरोना संक्रमण पुष्टि



Spread the love

३२ साउन, काठमाडौँ । यतिबेला कोरोनाभाइरसले विश्वलाई नै आतंक्रित बनाएको छ । संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव कम हुदैँ गएको छ । हालसम्म विदेशमा रहेका ३३ हजार ४ सय ९९ नेपालीमा संक्तमण पुष्टि भएको छ । ती ८३ प्रतिशत निको भएका छन् ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको गैरआवशीय नेपाली संघले जनाएको छ । नेपाल बाहेकका देशमा १ सय ९१ नेपालीको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।

विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्