Logo

एकै परिवारका ५ जनामा कोरोना संक्रमण



Spread the love

३२ साउन, पोखरा । नेपालमा कोरोना संक्रमण दिनप्रति दिन तनहुँ जिल्ला उच्च रहेको छ । तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ब्यास नगरपालिका -१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा मध्य प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् ।

‘आमालाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अरु सदस्यलाई पनि स्वाब परीक्षणका लागि बोलाइएको थियो,’ ब्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले भने, ‘घरका ४ र आफन्त तथा सवारी चालकसहित ८ जनाले पोखरा गएर स्वाब दिँदा थप ४ जनामा कोरोना पोजेटिभ देखियो ।’

प्रतिक्रिया दिनुहोस्