Logo

मेयरसहित ३३ जनामा कोरोना संक्रमण



Spread the love

१ भदौ, वीरगञ्ज । नेपालमा कोरोना संक्रमण दिनप्रति दिन उच्च जोखिम रहेको जिल्ला पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी, पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्