Logo

तीन वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ



Spread the love
फाइल तस्बिर

१ भदौ, प्युठान। प्युठानमा तीन वर्षीया नाबालिका छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । जिल्लाको सरुमानी गाउँपालिका वडा नम्बर एक कि अन्दाजी २६ वर्षिया माया अधिकारी पक्राउ परेको प्युठान प्रहरीले जनाएको छ ।

आइतबार आफ्नी तीन वर्षीया छोरी आयुस्मा अधिकारीको हत्या गरेको आशङ्कामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले सल्लेरी खबरलाई बताए ।

मानसिक सन्तुलन ठिक नभएको र घाटी थिचेर हत्या गरेको स्थानीयले बताए पनि अहिलेसम्म कुनै पनि स्वास्थ्य संस्थाबाट मानसिक सन्तुलन ठिक नभएको औषधि खाएको प्रमाण नभेटिएको प्रहरीले उल्लेख गरेको छ ।

अधिकारी माथि थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्