Logo

४२ सशस्त्र प्रहरी र ३ नर्ससहित ५० जनामा कोरोना संक्रमण



Spread the love

२ भदौ, चितवन । पछिल्लो समय प्रहिरी, स्वास्थ्यकर्मीमा दिनप्रति दिन कोरोना संक्रमण देखिन थालेको छ अहिले यस्तै चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण भएका मध्य पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरी गणका ४२ जना मध्य ४० पुरुष र २ महिला रहेका छन् ।

यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।

प्रतिक्रिया दिनुहोस्