Logo

६ वर्षीय बालकसहित २५ जनामा कोरोना सक्रमण



Spread the love

२ भदौ, पोखरा । मंगलबार बिहान गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।

पोखरामा १५ जना कोरोना सक्रमण भएका मध्य वडा नम्बर ४ मा २१ वर्षीया महिला, वडा नम्बर ६ मा २३ र २८ वर्षीय पुरुष, ७ मा ३८ वर्षीय पुरुष र ३६ वर्षीया महिला, पोखराकै वडा नम्बर ९ मा ३१ वर्षीया महिला र ३६ वर्षीया पुरुष, वडा नम्बर १६ मा ६६ वर्षीय पुरुष, १७ मा ८७ वर्षीय पुरुष, २७ मा २४ वर्षीया महिला, १० वर्षीय बालक र ५९ वर्षीय पुरुष तथा वडा नम्बर ३० मा ४६ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका वडा नम्बर २ मा १४ र ३७ वर्षीया महिलामा, विनय त्रिवेणीको वडा नम्बर १ मा २८ वर्षीय, लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय र स्याङ्जाको पुतलीबजार नगरपालिकामा ६० वर्षीय एक पुरुष, तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का २३ र ३१ वर्षीय २ महिला, बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ मा ६ वर्षीय बालक र २५ वर्षीया महिला, बागलुङ नगरपालिकाको वडा नखुलेका २६ वर्षीय एक पुरुष पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्