Logo

आज कोरोनाबाट मर्नेको संख्या यो हप्ताकै सबैभन्दा कम



Spread the love

२ भदौ, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट २ सय २५ जनाको मृत्यु भएको छ भने हिजो सोमाबर ५ सय ३५ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २ गुणालेघटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा २३ हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट ३३ लाख ६३ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ८ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ । २४ लाख ७८ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्