Logo

कोरोना संक्रमणबाट कांग्रेसका जिल्ला उपसभापतिको मृत्यु



Spread the love

२ भदौ, काठमाडौँ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका जिल्ला उपसभापति सुवास गिरीको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका जिल्ला उपसभापतिको मंगलबार बिहान मृत्यु भएको पाटन अस्पताल स्रोतले जानकारी दिएको छ । ने

रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पित्त थैलिमा रहेको पत्थरीको उपचार गर्ने क्रममा ३८ बर्षीय गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि गत शुक्रबार ललितपुरको पाटन अस्पताल ल्याएकोमा उपचारका क्रममा आज विहान उहाँको निधन भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असार २९ गते मात्रै गिरीलाई जिल्ला सभापतिमा चयन गरिएकोमा मंगलबार दु:खद निधन भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्