Logo

पीएसजी इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश



Spread the love

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । गएराती भएको पहिलो सेमिफाइनलमा आरबी लाइप्जिगमाथि ३-० को जित हात पार्दै पीएसजी फाइनलमा पुगेको हो ।

पीएसजीलाई जित दिलाउन मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १-१ गोल गरे ।

खेलको १३ औं मिनेटमा पीएसजीले मार्किन्हसको गोलमार्फत सुरुवाति अग्रता बनायो । खेलको ४२ औं मिनेटमा पीएसजीले डी मारियाको गोलमा अग्रता दोब्बर पार्यो । ५६ औं मिनेटमा पीएसजीले जुआन बर्नाटको गोलसँगै ३-० को विजयी अग्रता लियो ।

उपाधीको लागि पीएसजीले बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्