Logo

२४ घण्टा यता कोरोना सक्रमण हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

३ भदौ, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट १३ सय ६५ जनाको मृत्यु भएको छ भने हिजो सोमाबर ३ सय ३५ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा ४ गुणाले बढेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ८० हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट ३४ लाख ११ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख १० हजार १९ जनाको मृत्यु भएको छ । २५ लाख ५४ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्