Logo

बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोम्यान



Spread the love

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई यहि हप्तामा प्रशिक्षक बनाउने भएको छ ।

बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताए ।

५७ वर्षीय कोम्यान हाल नेदरल्याण्ड्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक छन् ।

नेदरल्याण्ड्ससँगको सम्झौता तोडेर उनी पुनः व्यावसायीक क्लब प्रशिक्षणमा फर्कन लागेका हुन् ।

सेटिएनलाई बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्