Logo

दुई जिल्लामा थपिए ११७ जनामा कोरोना संक्रमित



Spread the love

३ भदौ, वीरगञ्ज । पर्सा र बारामा एकै दिन ११७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको मंगलबार राती गरिएको परीक्षणमा नेपाली सेनासहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ बर्षको बालकदेखि ७० बर्षको वृद्ध रहेका छन ।

संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना, जिराभवानी गाउँपालिकाका ४ जनाजना र एकजना छिपरमाई गाउँपालिकाका रहेका छन् ।

यस्तै बयोधा अस्पतालका ६ जना, नेपाली सेनाका ४ जना, बाराका ४ जना, भारतीय महावाणिज्य दूतावास र सप्तरीका एक/एकजना रहेका छन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २ जना, वडा नम्बर ५, १० र १२ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका विभिन्न वडाका ९० जना रहेका छन् । जिराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ निवासी २० बर्षकी युवती रहेकी छिन् । साउन ३० गते देखि भदौ ०२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा उनिहरुमा सक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्