Logo

कोरोना संक्रमण ६१ बर्षिय वृद्धाको मृत्‍यु, के नेपाल इटाली र स्पेन जस्तै हुन्छ त ?



Spread the love

३ भदौ, हेटौंडा । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा मृत्‍यु भएको छ ।

मंगलबार राति मृत्‍यु भएका लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।

मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए ।

हालसम्म इटालीमा कोरोना संक्रमणबाट ३५ हाजर ४ सय ५ जनाको मुत्यु भएको छ भने २ लाख ५४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमित छन् ।त्यस्तै स्पेनमा २८ हाजर ६ सय ७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ भने ३ लाख ८४ हजार भन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्