Logo

नेपाली महिलाहरुको महान चाड तीज आजबाट शुरु



Spread the love

४ भदौ, काठमाडौं। नेपाली महिलाहरुको महान चाड हरितालिका तीज आजबाट शुरु भएको छ। आज विभिन्न मीठा परिकारका साथ दर खाने गरिन्छ । तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितीयामा दर खाने चलन छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ मिठा मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्