Logo

रुसका राष्ट्रपति पुटिनका आलोचक कोमामा



Spread the love

एजेन्सी । रुसका प्रतिपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष खुवाइएपछि साइबेरियास्थित अस्पतालको कोमामा रहेका छन् । उनको प्रवक्ताले किरा यार्मिसका अनुसार ४४ वर्षीय नाभाल्नी सर्बियाबाट मोस्कोसम्मको यात्राको दौरान अकास्मात बिरामी परेपछि उनको विमानलाई आपत्तकालित अवतरण गरिएको थियो ।

यार्मिसले पनि ट्वीटरमा यो वर्षको क्षेत्रीय चुनावी अभियानका कारण उनलाई विषय खुवाइएको हुन सक्ने आशंका व्यक्त गरेकी हुन् ।

नाभाल्नी शीर्ष सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार अभियानका कारण र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचकका रुपमा चर्तित छन् । उनीमाथि यसअघि पनि भौतिक हमला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्