Logo

तिजको माहोल – दर खाँदा यी कुरामा ध्यान पुर्याउ !



Spread the love

नेपाली महिलाहरुको महान चाड तीज आजबाट शुरु भएको छ। तिजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितीयामा दर खाने चलन छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ मिठा मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ ।

त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ । तर त्यसरी असन्तुलित र कम पौष्टिक खाना खान नहुने पोषणविद्हरू बताउँछन् ।

दर खाँदा पनि खाद्यान्नको मात्रा र परिकारको विषयमा ध्यान दिनुपर्ने हुन्छ । दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन ।

अघिल्लो दिन कार्बाेहाइड्रेड, प्रोटिन र भिटामिन युक्त खाना खाने र तीजको दिन दही, फलफूल, हरियो सलाद आदिको खाने हो भने स्वास्थ्यमा कुनै समस्या नआउने जानकारहरू बताउँछन् ।

हामीले दैनिक जीवनमा प्रयोग गर्ने खानाहरूबाट भिन्दाभिन्दै पोषक तत्व पाउने गरिन्छ । बिहानबेलुकी खाने चामल होस् या गहुँको पिठोमा कार्बाेहाइड्रेड पाइन्छ ।

त्यस्तै, मांसाहारीको लागि मासु, माछा, अण्डा आदि प्रोटिनको मुख्य स्रोत हो । शाकाहारीहरूले प्रोटिनको लागि नै दूधका परिकार खाने गर्छन् ।

हरियो तरकारी, फलफूल र गेडागुडीले शरीरमा भिटामिनको मात्रा समेत बढाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्