Logo

प्रिमियर लिगको खेल तालिका सार्बजनिक, कुन टोलिले कोसँग भिड्ने ?



Spread the love

एजेन्सी । बिहीबार प्रिमियर लिगले नयाँ सिजनको लागि आफ्नो खेल तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर १२ तारिखबाट सुरु हुने लिगको आफ्नो पहिलो खेलमा च्याम्पियन लिभरपुलले लिड्ससंग प्रतिस्पर्धा गर्नेछ ।

प्रिमियर लिगको पहिलो दिन ६ खेल हुनेछन् । जसमा क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन, फुल्हामविरुद्ध आर्सनल, स्पोर्टसविरुद्ध एभर्टन, वेस्ट ब्रमविरुद्ध लेस्टर सिटी, वेस्टह्मविरुद्ध न्युक्यासल भिड्नेछन् ।

वर्नली र म्यानचेष्टर युनाइटेड तथा म्यानचेष्टर सिटी र एष्टन भिल्लाको खेलको तालिका भने पछि सार्वजनिक गरिनेछ।

त्यस्तै १४ सेप्टेम्बरमा ब्राइटनविरुद्ध चेल्सी र सेफिल्ड युनाइटेडविरुद्ध वुल्भ्सले सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्