Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार पक्राउ



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन् पक्राउ परेका छन् ।ठगी अभियोगमा स्टीभ पक्राउ परेका हुन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाएको र त्यसमा ठगी गरेको आरोप ब्याननमाथि लागेको छ । यो अभियोगमा ब्यानन् सहित चार जनालाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।

उनीहरुमाथि ‘वी विल्ड द वाल’ अभियान अन्तर्गत सङ्कलन भएको रकम अनियमित गरेको आरोप लागेको खबरमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्