Logo

सिन्धुपाल्चोक लिदी पहिरो : मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता



Spread the love

६ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्