Logo

क्यालिफोर्निया डढेलो – एक हजार नौ सय ५० किलोमिटर क्षेत्रफल सखाप, सयौं भवनहरु धोस्त



Spread the love

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको ज्यान गएको छ। सान फ्रान्सिस्कोको दक्षिण र पूर्वी पहाडहरुमा सयभन्दा बढी ठाउँमा डढेलो फैलिएको छ।

डढेलोले उक्त राज्यको एक हजार नौ सय ५० किलोमिटर क्षेत्रफल जलिसकेको त्यहाँका अधिकारीहरुले जनाएको छ।

आगोले सयौं भवनहरु जलेका छन्, हजारौं भवनहरु जोखिममा रहेका छन्।

१० हजारभन्दा बढीलाई डढेलो नियन्त्रणमा खटाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्