Logo

टाउको दुखाइ कम गर्नका लागि यी खानेकुराको सेवन गरौँ !



Spread the love

एजेन्सी । खानपान, डिहाइड्रेसन, काम, घरको वातावरण र स्वास्थ्य अवस्थाले टाउको दुख्ने समस्या निम्त्याउँछ । सामान्य किसिमको टाउको दुखाइले स्वास्थ्यमा असर गर्दैन, तर कतिपय अवस्थामा टाउको दुखाइ ब्रेन ट्युमर, स्ट्रोक आदिको लक्षणसमेत हुन सक्छ । टाउको दुखाइ कम गर्नका लागि यी खानेकुराको सेवन गरौँ :
केरा
टाउको दुखेमा निको पार्ने सबैभन्दा सजिलो उपाय केरा सेवन गर्नु हो । केरामा हुने म्याग्नेसियम र पोटासियमको मात्राले शरीरमा एलेक्ट्रोलाइट्सको सन्तुलन मिलाउन, रक्तनली सफा राख्ने गर्छ । जसले टाउको दुखाइ कम गर्छ ।
कफी
कफीको मात्रा थोरै राखेर पिउँदा टाउको दुखाइ कम हुन्छ । तर, अत्यधिक कफीको मात्राले कतिपयमा प्रतिकूल असर पार्ने भएकाले ध्यान दिन आवश्यक हुन्छ ।
बदाम
टाउको दुखाइ कम गर्न बदाम खानु सबैभन्दा राम्रो मानिन्छ । यसमा पाइने म्याग्नेसियमको मात्राले धेरै सन्चो गर्छ ।
तारेको आलु
मदिरा सेवनबाट हुने टाउको दुखाइका लागि तारेको आलु खानु राम्रो मानिन्छ । तारेको आलुमा प्रचुर मात्रामा पोटासियमको मात्रा पाइने हुँदा दुखाइ कम गर्न सहयोग गर्छ ।
दूध, दही र पानी
विभिन्न कारणले टाउको दुख्दा पानी वा पानीजन्य पदार्थ सेवन गर्नुपर्छ । फ्याट नभएको दूध, दही, काँक्रा, तरबुज आदि खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्