Logo

सावधान ! मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने विश्वास गर्नु धेरै नै खतरनाक



Spread the love

एजेन्सी । स्वीडेनका चर्चित कोरोना भाइरस विशेषज्ञले मानिसहरुलाई मास्क लगाउन प्राेत्साहन गर्नु धेरै नै खतरनाक हुने बताएका छन् । मास्कले मानिसहरुमा आफू सुरक्षित रहेको छु भन्ने गलत विश्वास पैदा गराउने हुँदा कोरोनाको संक्रमण झन बढी हुने गर्छ ।

सरुवा रोग विशेषज्ञ एन्डर्स टेन्गेलले भने, ‘मुखमा मास्क लगाउदा त्यसले खेल नै परिवर्तन गर्छ भन्ने विश्वास गर्नु धेरै नै खतरनाक हुन्छ । यदि हामी कोभिड १९ को सन्दर्भमा यो मान्यता राख्छौँ भने।’ टेन्गेल तिनै विशेषज्ञ हुन् जसले अरुको भन्दा भिन्न ढंगले निर्णय गरेका कारण स्वीडेनले अपेक्षित आर्थिक र मानविय क्षति बेहोर्नु परेन ।

‘मास्क लगाएर आफू सुरक्षित छु भन्ने ठान्नु र भिडभाड, सार्वजनिक बस तथा सपिङ मलहरुमा जानु वास्तवमै ठुलो गल्ती हुनेछ ।’ उनी भनछन् ।

प्रतिक्रिया दिनुहोस्