Logo

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक शक्ति चन्दको आवाजमा नयाँ गीत “रमाइलो मेलैमा” बजारमा सार्बजनिक



Spread the love

लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक शक्ति चन्दले पछिल्लो समय दर्जनौ बढी हिट गितहरु बजारमा पठाएर आफ्नो स्टारडमलाई उचाईमा पु¥याएका छन ।जस्तो सुकै प्याटर्न र लयमा भएका गितहरुलाई आफ्नो सुमधुर स्वरमा राम्रोसंग ढाल्न सक्ने क्षमता भएका गायक चन्द, लोक संगितको क्षेत्रलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने उनको गायन क्षमताबाट सजिलैसंग अनुमान गर्न सकिन्छ। नेपाली लोक संगीतको क्षेत्रमा दिनहु जसो गीतहरु सार्वजनिक हुन्छन् यहि क्रममा अहिलेका चर्चित र व्यस्त गायक शक्ति चन्दको आबाजमा रमाईलो पाराको डान्सिङ लोक गित बजारमा आएको छ । प्राय: हाई प्याटर्नका गित गाउदा जम्ने शक्तिको पछिल्लो समय बिभिन्न कार्यक्रममा पनि उत्तिकै माग हुन थालेको छ।आज भोली बढी जसो स्टेज कार्यक्रममा व्यस्त हुने चन्द स्टेज तताउन र दर्शकलाई नचाउन निकै खपिस छन।जस्तो सुकै परिस्थिती र सबैसंग मिल्न सक्ने मिजासिलो स्वभावका चन्द आफुले अझै पनि दर्शकको रोजाई अनुुसार गितहरु बजारमा ल्याउने बताउछन ।अब गायनमा मात्रै नभएर आफुले आउने गितमा मोडलिङ गर्नै सोच रहेको उनले बताए।एक पछि अर्को सर्बप्रिय गित बजारमा ल्याउने म्युजिक कम्पनी हमाल म्युजिक प्रा.लिले फेरी अर्को उस्तै सुपरहिट लोक गितको म्युजिक भिडियो सार्बजनिक गरेको छ । मंगलबार युटुबमा सार्बजनिक भएको ”रमाइलो मेलैमा” म्युजिक भिडियोमा पछिल्लो समयमा सबैको मन जित्न सफल गायक शक्ति चन्दको उतिकै कर्णप्रिय स्वर रहेको छ भने यो म्युजिक भिडियोमा करिश्मा ढकाल, तिलक शाही र गोबिन्द बिबशको अभिनय रहेको छ ।किरण बाबु पुनको संगीत रहेको यस गीतमा शब्द सङ्कलन पनि किरण बाबु पुनले गरेका छन् ।यस गीतलाई हमाल म्युजिक प्रा .लिले बजार ब्यबस्थापन गरेको छ ।यस गीतमा चर्चित लोक दोहोरी गायक शक्ति चन्द र गायिका आशिका गुरुङको सुमधुर आबाज रहेको छ ।काठमाडौं वरपरका रमाईलो दृष्यमा खिचिएको म्युजिक भिडियोको छाँयाकन दुर्गा पौडेलले गरेका छन् भने मौसम हिमालीको निर्देशन र सुजन शाहीले म्युजिक भिडियोमा सम्पादन गरेका छन |यस भन्दा पहिले पनि हमाल म्युजिक प्रा.लि मार्फत सार्बजनिक भएका अधिक्तम भिडियोहरुले दर्शकहरुको मन जित्न सफल भएका छन |निकै रोमान्टिक धारमा तयार भएको यस डान्सिङ लोक गीतलाइ श्रोता दर्शकले पनि मन पराउने आशा गरिएको छ ।

हेर्नुहोस भिडियो:

https://youtu.be/Ev7UbXB-4Pg

प्रतिक्रिया दिनुहोस्