Logo

२४ घण्टा यता कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु



Spread the love

७ भदौ, काठमाडाैँ । २४ घण्टा याता नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए।

संक्रमणबाट मुत्यु हुने मध्य झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन्। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्