Logo

पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि बायर्नलाई



Spread the love

एजेन्सी । पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले जितेको छ । गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै बायर्नले उपाधि उचालेको हो

निक्कै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा बायर्नका लागि किंग्सले कोमनले गरेको गोलनै निर्णायक सावित भयो ।

यस जितसँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिग उपाधि हासिल गर्यो । यता पहिलो पटक फाइनल पुगेको पीएसजी भने उपाधिबाट बिमुख हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्