Logo

एकै महानगरपालिका थपिए ३४ जना कोरोना संक्रमित



Spread the love

८ भदौ, वीरगञ्ज । सोमबार पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्लाको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका गरी दुई स्थानीय तहका ३४ जनामा संक्रमण देखिएको हो।

संक्रमित भएका ३४ जना मध्य वीरगञ्ज महानगरपालिका १४ पुरुष र ६ जना महिला गरि २० जना तथा पर्सागढी नगरपालिका–८ का १४ जना पुरुष, वीरगञ्ज–१५ भिस्वाका ९ पुरुष र ४ महिला गरी १३ जना, वडा नम्बर ४, ६, ११, १२, १६, २१ र २४ का एक–एकजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्